15 Chaitra 2079

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

बुधबार, १५ चैत्र २०७९

रोजगार खोज्नेहरूलाई अनुरोध

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि यस संस्थाको अनुरोध

१.

यस संस्थाले प्राप्त गरेको मागपत्रको विज्ञापन राष्ट्रिय दैनिक पत्रिका, एफएम रेडियो, वेबसाइट (www.titanicmanpower.com) र यस संस्थाको आधिकारिक फेसबुक पेज (Titanic Manpower Supplier) मार्फत गरिनेछ । त्यसकारण, आवेदन दिन इच्छुक व्यक्तिले मध्यस्थकर्ता/बिचौलिया/दलाल (एजेन्ट)को प्रयोग नगरी बिना संकोच यस संस्थाको कार्यालयमा सिधै सम्पर्क गर्न अनुरोध गर्दछौं ।

२.

कामदार भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च र यस संस्थाको सेवा शुल्क रोजगारदाताले व्यहोर्ने भएको हुनाले आवेदकहरूले कसैसँग कुनै पनि किसिमको आर्थिक कारोबार नगर्नु हुन अनुरोध गर्दछौं ।

३.

यस संस्थाले स्वैच्छिक भर्ना प्रक्रियालाई सदैव प्रोत्साहन गर्दछ । आवेदन दिन इच्छुक व्यक्तिले आवेदन दिनु अघि यस संस्थानद्वारा प्रदान गरिने अभिमुखिकरण कार्यक्रममा अनिवार्य सहभागि भई सम्पूर्ण कुरा बुझेर मात्र आवेदन फाराम भर्न अनुरोध गर्दछौं ।

४.

वैदेशिक रोजगार भर्ना प्रक्रियाको लागि यस संस्थामा सक्कल शैक्षिक प्रमाणपत्रहरू र नागरिकता जम्मा गर्नुपर्ने छैन । तर अन्तर्वार्ता र स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएपछि भिषा र अन्तिम श्रम स्विकृती प्रकृयाको लागि आवेदकको सहमतिमा सक्कल राहदानी यस संस्थामा राखिनेछ ।

गुनासोको मामिलामा

भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरू हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज (मेसेन्जर)Titanic Manpower Supplier मार्फत् पनि सन्देश पठाउन सक्नुहुनेछ |
  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.