Skip to main content
12 Mangsir 2080

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

मंगलबार, १२ मंसिर २०८०

प्रबन्ध निर्देशकको सन्देश

आर.एस. पुरी

प्रबन्ध निर्देशक

आर.बि.ए. (RBA) को नीति, नियम तथा मापदण्डहरुलाई उच्चतम स्थानमा राखेर नैतिक भर्ना प्रक्रिया पूरा गर्न हामी सदैव प्रतिबद्ध छौं ।

सबैलाई हार्दिक नमस्कार,

इमान्दारिता र आत्मबोधलाई आफ्नो मौलिक सिद्धान्त मानी सन् २००२ मा हामीले यस संस्थाको स्थापना गरेका हौं । स्थापनाकाल देखि नै हामी संवेदनशिल भई यो व्यवसाय सञ्चालन गर्दै आइरहेका छौं । यसर्थ, यो व्यवसाय पूर्ण रुपमा हाम्रो व्यवसायिक गतिविधिको एउटा अभिन्न अंग बनेको छ । यस संगै प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐन, नियम तथा मापदण्डहरूको पालना गर्दै व्यवसाय सञ्चालन गर्न हामी उत्तिकै प्रतिबद्ध छौं ।

सन् २००७ देखि आइ.एस.ओ.(ISO) मान्यता प्राप्त यो संस्था आफ्ना व्यवसायिक गतिविधिहरूमा निरन्तर सुधारको लागि कटिबद्ध भएर लागिरहेको छ । विगत दुई दशक भन्दा बढी समय देखि नै निरन्तर रुपमा हाम्रो व्यवसायिक प्रक्रिया र प्रणालिहरूको स्तरोन्नति गर्न हामी हरदम प्रयत्नशिल छौं ।

हामीले सन् २०१३ देखि वैदेशिक रोजगारमा जाने/गएका श्रमिकहरूको हक तथा अधिकारको रक्षा गर्ने हेतुले काम गरिरहेको संस्था आर.बि.ए. (RBA-Responsible Business Alliance) सँग आबद्ध भएका कम्पनीहरू सँगको सहकार्यमा काम गर्न शुरुवात गर्‍यौं । आर.बि.ए. (RBA) को नीति, नियम तथा मापदण्डहरूलाई उच्चतम स्थानमा राखेर नैतिक भर्ना प्रक्रिया पूरा गर्न हामी सदैव प्रतिबद्ध छौं । यसैबीच, हाम्रो संस्था उच्च स्तरको व्यावसायिकता प्रदान गरेर भर्ती उद्योगको लागि राम्रो मार्ग निर्माण गर्न समर्पित छ जसले मानिसहरूको धारणा परिवर्तन गर्न र समाजका सबै क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्न सक्छ |

वैदेशिक रोजगारलाई थप प्रभावकारी र जिम्मेवार बनाउने सोचका साथ यस व्यवसाय सँग सम्बन्धित अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरूसँग हामीले निरन्तर सहकार्य गरिरहेका छौं । यसका साथै आइ.एल.ओ. (ILO – International Labour Organization), आर.बि.ए. (RBA), आइ.ओ.एम. (IOM – International Organization for Migration) लगायतका संस्थाहरूले आयोजना गरेका तालिम, सेमिनार, कार्यशाला गोष्ठी लगायतका कार्यक्रमहरूमा हामीले सक्रिय सहभागिता जनाइरहेका छौं । यसबाट वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित र जिम्मेवार बनाउन हामीलाई उर्जा प्राप्त भइरहेको छ |

वास्तवमा, एउटा व्यक्ति मात्र नभई सम्पूर्ण परिवारको भावना तथा भविष्य यस व्यवसायसँग जोडिने भएको हुनाले यो एउटा सामान्य व्यवसाय मात्र नभएर मानव सेवा हो भन्ने हाम्रो बुझाई हो |

अन्त्यमा, रोजगारदाता, आवेदक तथा सम्पूर्ण सरोकारवालाहरूलाई नैतिक भर्ना प्रक्रियालाई प्रोत्साहन गर्न र स्वत:स्फूर्त रुपमा सहभागी हुन आग्रह गर्दछौं |

धन्यवाद ।

गुनासोको मामिलामा

भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । 

  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.