12 Mangshir 2079

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

सोमबार, १२ मंसिर २०७९

मार्गनिर्देशन सिद्धान्तहरू

व्यवस्थित प्रक्रिया र कार्य प्रवाहले हाम्रो कामलाई कुशल र सही बनाउँछ। हामीले यो व्यवस्थित क्रममा काम गर्ने भएकाले कुनै पनि प्रक्रिया छुट्ने सम्भावना छैन।

निष्ठा

हामी हाम्रो उद्योगको उच्चतम नैतिक मापदण्ड अपनाउँदै पारदर्शिता र विश्वासको साथ काम गर्दछौं ।

करुणा

हामी सबैमा माया, प्रेम, सदभाव राख्दछौँ र सबैलाई समान व्यवहार गर्दर्छौं । हाम्रो कार्य शैलीमा यसले निकै महत्व राख्दछ ।

उत्कृष्टता

हाम्रो वाचा अनुसारको सेवा हामी सदैव प्रदान गर्दछौं । ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न हामी कहिल्यै पनि सम्झौता गर्दैनौं । उत्कृष्टताका लागि हाम्रो कम्पनीको प्रतिबद्धता अनुरुप, हामी हाम्रो ग्राहकको आवश्यकताहरु परिपूर्तिको लागि सदैव प्रयास गर्दछौं ।

बोध/अनुभूति

हामी तथ्यमा आधारित वास्तविकताद्वारा निर्देशित छौं । तसर्थ, अनुभूतिले हामीलाई सचेत बनाउँछ र असफलताले अनुभव प्रदान गर्दछ ।

सहयोग

हामी समूह कार्यमा विश्वास गर्दछौं । संस्थाका सदस्यहरुलाई उनीहरूको ज्ञान, सीप र अनुभव अन्य सहकर्मीहरु बीच बाँड्न प्रोत्साहित गर्दछौं ।

गुनासोको मामिलामा

सम्पूर्ण महानुभावहरु, भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।
  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.