Skip to main content

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

आइतबार, १८ माघ २०८२

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

रोजगार खोज्नेहरूलाई अनुरोध

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि यस संस्थाको अनुरोध

१.

यस संस्थाले प्राप्त गरेको मागपत्रको विज्ञापन राष्ट्रिय दैनिक पत्रिका, एफएम रेडियो, वेबसाइट (www.titanicmanpower.com) र यस संस्थाको आधिकारिक फेसबुक पेज (Titanic Manpower Supplier) मार्फत गरिनेछ । त्यसकारण, आवेदन दिन इच्छुक व्यक्तिले मध्यस्थकर्ता/बिचौलिया/दलाल (एजेन्ट)को प्रयोग नगरी बिना संकोच यस संस्थाको कार्यालयमा सिधै सम्पर्क गर्न अनुरोध गर्दछौं ।

२.

कामदार भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च र यस संस्थाको सेवा शुल्क रोजगारदाताले व्यहोर्ने भएको हुनाले आवेदकहरूले कसैसँग कुनै पनि किसिमको आर्थिक कारोबार नगर्नु हुन अनुरोध गर्दछौं ।

३.

यस संस्थाले स्वैच्छिक भर्ना प्रक्रियालाई सदैव प्रोत्साहन गर्दछ । आवेदन दिन इच्छुक व्यक्तिले आवेदन दिनु अघि यस संस्थानद्वारा प्रदान गरिने अभिमुखिकरण कार्यक्रममा अनिवार्य सहभागि भई सम्पूर्ण कुरा बुझेर मात्र आवेदन फाराम भर्न अनुरोध गर्दछौं ।

४.

बैदेशिक रोजगारीको प्रक्रियाको लागि कुनै पनि व्यक्तिले यस टाइटानिक म्यानपावर सप्लायर प्रा. लि. लाई सक्कल राहदानी लगायत नागरिकता , शैक्षिक प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र , व्यक्तिगत परिचय पत्र , सवारी चालक अनुमति पत्र , कार्य अनुभव प्रमाणपत्रहरु लगायत अन्य कुनै सक्कल व्यक्तिगत कागजात बुझाउनु पर्दैन l

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

[email protected]

Titanic Manpower
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.