मार्गनिर्देशन सिद्धान्तहरू
व्यवस्थित प्रक्रिया र कार्य प्रवाहले हाम्रो कामलाई कुशल र सही बनाउँछ। हामीले यो व्यवस्थित क्रममा काम गर्ने भएकाले कुनै पनि प्रक्रिया छुट्ने सम्भावना छैन।

निष्ठा
कम्पनीमा निष्ठालाई मूल मान्यताको रूपमा स्थापित गर्न हामी इमान्दार
अभ्यासहरू प्रवद्र्धन र पुरस्कृत गर्न अग्रसर छौं र कर्मचारीहरूलाई पारदर्शी
हुन प्रोत्साहित गर्दछौं । यसले हामीलाई अझ विश्वसनीय प्रतिष्ठा प्राप्त गर्न
मद्दत गर्न सक्छ |

करुणा
हामी सबैमा माया, प्रेम, सदभाव राख्दछौँ र सबैलाई समान व्यवहार गर्दर्छौं । हाम्रो कार्य शैलीमा यसले निकै महत्व राख्दछ ।

उत्कृष्टता
हामी सदैव हाम्रो वाचा अनुसारको सेवा प्रदान गर्दछौं । हामी हाम्रा
ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न कहिल्यै पनि सम्झौता गर्दैनौं ।
उत्कृष्टताका लागि हाम्रो कम्पनीको प्रतिवद्धता अनुरुप, हामी हाम्रो ग्राहकको
आवश्यकताहरू परिपूर्ति गर्न सदैव प्रयास गर्दछौं ।

बोध/अनुभूति
हामी तथ्यमा आधारित वास्तविकताद्वारा निर्देशित छौं । तसर्थ, अनुभूतिले हामीलाई सचेत बनाउँछ र असफलताले अनुभव प्रदान गर्दछ ।

सहयोग
हामी समूह कार्यमा विश्वास गर्दछौं । संस्थाका सदस्यहरूलाई उनीहरूको ज्ञान,
सीप र अनुभव अन्य सहकर्मीहरू बीच आदानप्रदान गर्न प्रोत्साहित गर्दछौं ।