प्रतिवद्धता
हामी पारदर्शिता, निष्पक्षता तथा सम्पूर्ण उम्मेद्वारहरूको अधिकार र कल्याणको सुरक्षा सुनिश्चित गरेर शुन्य लागत अन्तर्गत न्यायोचित भर्ती कायम राख्न प्रतिबद्ध छौं । हामी ग्राहकहरू, उम्मेद्वारहरू र सरोकारवालाहरू सँगको हाम्रो सबै व्यावसायिक अन्तरक्रियाहरूमा निष्ठाको उच्चतम मापदण्डहरू कायम राख्दै विविधता र समावेशीकरणलाई प्रबर्धन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.), रेस्पोन्सिबल बिजनेश अलायन्स (आर.बि.ए.) साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरू, नियमहरू र उत्कृष्ट अभ्यासहरूको पालना गर्न समर्पित छौं । हामी हाम्रो भर्ती प्रक्रिया निष्पक्ष, पारदर्शी र रोजगार खोज्ने र रोजगारदाता दुवैको अधिकार र हितलाई ध्यानमा राखिने सुनिश्चितता गर्दछौं ।