12 Mangshir 2079

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

सोमबार, १२ मंसिर २०७९

महत्वपूर्ण जानकारीहरु

वैदेशिक रोजगारीमा जानका लागि उमेर कम्तिमा १८ बर्ष हुन अनिवार्य छ । रोजगारीमा जानका लागि झुठा विवरण वा कागजात पेश गर्नुहुँदैन ।
वैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट जाने हो त्यसको बैधानिकताको यथेष्ठ जानकारी लिनुहोस् । मध्यस्थकर्ता/बिचौलिया/दलाल (एजेन्ट) मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् । ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ ।
वैदेशिक रोजगार भर्ना प्रक्रियामा सामेल हुनुपूर्व आफु जान चाहेको देश, कम्पनी, गर्नुपर्ने काम, सो वापत प्राप्त हुने तलव लगायत अन्य सम्पूर्ण सेवा सुविधाहरूमा स्पष्ट हुनुहोस् ।
कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ। अन्य देशको वैकल्पिक बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस् । यदि कसैले तपाईलाई ललाईफकाई लैजाने प्रयत्न गर्दैछ भने स्थानीय प्रहरीलाई जानकारी गराउनुहोस् ।
लुकीछिपी वैदेशिक रोजगारीमा जाँदा कानूनी कार्वाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष ध्यान पुर्‍याउनुहोस् ।
करार अवधि सकिएपछि पनि स्वीकृति विना, गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समाप्त हुनु अगावै समयमा नै नविकरण गर्नुहोस् ।
वैदेशिक रोजगारमा जाने व्यक्तिले अनुमतिको अवधि पश्चात नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन । वैदेशिक रोजगार सम्झौता अनुसारको अवधि भित्र करार भंङ्ग नभएसम्म उक्त कार्य छोडेर अन्यत्र काम गर्न जान हुँदैन ।
करार अवधि सकिएपछि पुनः बीमा गराई श्रम स्वीकृति लिएर मात्र काम गर्नु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइँदैन ।
वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिले विदेश प्रस्थान गर्नु अघि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरूको प्रतिलिपि एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरू रुजु गरी लिएर जानुहोस् अन्यथा नेपाल वा विदेशको अध्यागमन प्रस्थान कक्षमा पुगेर समस्या झेल्नु पर्ने हुन सक्छ ।
कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा विदेशबाट नेपालमा आफ्ना आफन्तहरूलाई पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरूको माध्यम प्रयोग गर्नहोस् । पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरू पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको सुरक्षाको कुनै ग्यारेन्टी नभई पैसा डुब्ने सम्भावना हुनाले यस्तो माध्यम प्रयोग नगर्नु उचित हुन्छ ।
सम्वन्धित मुलुकको ऐन, नियम पालना गर्नु पर्दछ ।

गुनासोको मामिलामा

सम्पूर्ण महानुभावहरु, भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।
  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.